दफा १७
नियम बनाउने अधिकार
(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी खासगरी देहायका विषयहरूमा नियमहरू बनाउन सकिनेछ ः–
(क) यस ऐन बमोजिम भर्नुपर्ने व्यक्तिगत घटनाको सूचना फाराम तथा स्थानीय पंजिकाधिकारीको कार्यालयमा रहने दर्ता किताब सम्बन्धमा,
(ख) व्यक्तिगत घटनाको दर्ताको प्रमाणपत्र सम्बन्धमा,
(ग) व्यक्तिगत घटनाको दर्ताको प्रमाणपत्रको नक्कल तथा दर्ता किताबको निरीक्षण दस्तुर सम्बन्धमा,
(घ) परिवारको लगत तयार गर्ने आवश्यक विवरण वा प्रश्नावलीको ढाँचा तोक्ने सम्बन्धमा,
(ङ) विवरण सच्याउने सम्बन्धमा,
(च) बच्चाको नाम दर्ता गर्ने र दर्ता भइसकेको नाम फेर्ने सम्बन्धमा ।